हामी आप्रवासीलाई राख्न चाहन्छौँ : बेलायती प्रधानमन्त्री
मङ्गलबार, १३ असार २०७४, १७ : ४४
लन्डन (बेलायत) – आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ ।
सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताए ।
हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरु बेलायत बसोबास गराउन चाहेका छौँ, प्रधानमन्त्री मेले भने ।
तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गरे ।
बे्रक्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सोमबार सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गरे । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान