बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचित भएपछि माधव नेपालको आयो यस्तो प्रतिक्रिया

शनिबार, २३ मङ्सिर २०७४, १७ : ४२
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौं–काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित भएका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपालले अबको कार्यभार नयाँ सरकार गठन र पार्टी एकीकरण रहेको बताएका छन् । 

निर्वाचित भएपछि राष्ट्रिय सभा गृहमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता नेपालले समयसिमा भित्र सरकार गठन गर्ने, सरकारको नीति तथा कार्यक्रम तय गर्ने र नेता कार्यकर्ताको भावना अनुसार पार्टी एकताको विषयमा अगाडि बढाउनेतर्फ ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

उनले आफ्नो विजयलाई  जनताले परिवर्तन चाहेको र यथास्थीतीबाट बाट परिर्वतन नहुने भएकोले आफूलाई निर्वाचित गराएको प्रतिक्रिया दिए । 

उनले भने–‘जनताले चम्किरहेको सुर्य जस्तै परिवर्तजका लागि नयाँ शक्ति खोजेका छन् । जनताले के चाहेका छन् अब त्यसमा हामीले ध्यान दिनुपर्छ । यूवाहरु, गरिव जनताले के चाहेका छन् त्यो पूरा गर्नुपर्छ । जनतामा राष्टियताको भावना अघि बढाउनु पर्छ । न्याय समनता र समृद्धीको बाटोमा अघि बड्नुपर्छ । बाम गठबन्धनले विजयी हुँदैमा लोकतन्त्र कटौती हुन्छ भन्नेमा कसैले आशंका नगरे हुन्छ ।’ 

उनले जनताले परिवर्तन खोजको, लोकतन्त्र र देशलाई बलियो बनाँउन बाम शक्ति आएको बताए । उनले बाम शक्ति विजयको उन्मादमा नमात्तिन र पराजितलाई आत्तिन  समेत आग्रह गरे । उनले विपक्षीलाई साथमा लिन सक्नुपर्ने र बिपक्षीले हारको तोडमा ध्वंश र नकारात्मताको बाटोमा जान नहुने बताए ।  
नेपाल १४ हजार मतान्तरले विजयी भएका हुन् । उनले २७ हजार ३ सय ६६ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्द्धी कांग्रेसका दीपक कुँइकेलले १४ हजार ९ सय २ मत ल्याएका छन् । यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका डा सुर्यराज आर्चायले ७ हजार ४ सय ३६ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप