शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'लालकिल्ला' ललितपुरमा पम्फाको विजय उत्सव (फोटोफिचर)

शनिबार, २३ मङ्सिर २०७४, १६ : ०७
शनिबार, २३ मङ्सिर २०७४

ललितपुर । माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल लतिलपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । 

बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी भुसाल २४ हजार ३५ मत सहित निर्वाचित भएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२ हजार ३२९ मत ल्याएका छन् । 

बामपन्थीको किल्ला मानिने ललितपुरमा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सबै सिट नेपाली कांग्रेसले जितेको थियो ।

तर, यसपटक ललितपुर पुनः लाल किल्ला बन्ने देखिएको छ ।

ललितपुर–२ बाट पनि बाम गठबन्धनका कृष्णलाल महर्जनले २७ हजार ७१३ मत सहित जित हाँसिल गरिसकेका छन् भने क्षेत्र नम्बर १ मा बाम गठबन्धनकै उम्मेदवार नवराज सिलवालले अग्रता लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप