गुल्मी क्षेत्र नं २ प्रदेश ‘क’ मा एमालेका केसी विजयी

गुल्मी– प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश ‘क’ मा नेकपा (एमाले) का खड्ग केसी विजयी भएका छन् । केसीले १६ हजार १६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शालिकराम पन्थीले ११ हजार ६७३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए ।
दुईवटा प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको गुल्मीमा पछिल्लो मतपरिणामअनुसार सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ