बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी समायोजन गर्दा एक तह बढुवा गर्न माग

मङ्गलबार, १३ असार २०७४, १५ : ४१
मङ्गलबार, १३ असार २०७४

भक्तपुर - स्थानीय तहमा समायोजन गर्दा सबै सेवामा कार्यरत कर्मचारीको बढुवा गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले माग गरेको छ ।

सङ्गठन भक्तपुरले आज यहाँ आयोजना गरेको ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको अन्तक्र्रियामा निजामती, स्वास्थ्य सेवा, संसद् सेवालगायत विभिन्न सेवामा कार्यरत कर्मचारीलाई समायोजन गरी स्थानीय तहमा पठाउन तथा स्थानीय तह, प्रदेश र सङ्घमा कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई एक एक तह श्रेणी बढुवा गरी कर्मचारी समायोजन गर्न माग गरिएको हो । 

अन्तक्र्रियामा आधिकारिक टे«ड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले विभिन्न सेवामा कार्यरत कर्मचारीबीचको विभेद व्यवस्थापनका लागि सरकारले मापदण्ड बनाउनुपर्नेमा जोड दिए । 

अध्यक्ष ढकालले सरकारले ट्रेड युनियनसँग छलफल नै नगरी हतारमा अवैज्ञानिक ढङ्गबाट समायोजन ऐन ल्याउन लागेको र आधिकारिक ट्रेड युनियन खारेज गरी कर्मचारीमाथि निरङ्कुशता लाद्ने षड्यन्त्रमा लागेको आरोप लगाए । 

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले निजामती र स्वास्थ्य सेवामा रहेको तह र श्रेणी अन्त्य गरी समायोजन गर्ने हो भने अन्तर्राष्ट्रिय मान्यताका आधार तय हुनुपर्ने, स्थानीय, प्रदेश र सङ्घमा कार्यरत कर्मचारीको सरुवा, बढुवा प्रक्रियाको विधि प्रस्ट हुनुपर्ने र समायोजन गर्दा कर्मचारीको एक तह र श्रेणी वृद्धि गर्नुपर्ने बताए ।  

सङ्गठनका भक्तपुर अध्यक्ष बद्री कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष घनश्याम सुवेदीले ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको कार्यपत्र प्रस्तुत गर्दै संसद्मा पेस भएको संशोधित कर्मचारी सेवा ऐनमा कर्मचारीको जिम्मेवारी, भूमिका र तहगत सुविधाका सम्बन्धमा रहेको अन्योल अन्त्य हुनुपर्ने बताए । 

कार्यपत्रमाथि सङ्गठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाल, केन्द्रीय सदस्य एवम् भक्तपुर इन्चार्ज टीका केसी, टे«ड युनियन भक्तपुरका अध्यक्ष दिनेश न्यौपानेलगायतले टिप्पणी गरेका थिउ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप