काठमाडौंका २ ठाँउमा काङ्ग्रेस अगाडि, ८ ठाँउमा बाम गठबन्धन : यस्तो छ मत परिणाम
काठमाडौं - काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधी सभाको निर्वाचन तर्फको प्रारम्भिक मतगणना हुँदा बाम गठबन्धनका दलले अग्रता लिइरहेका छन् । केही क्षेत्रमा भने नेपाली काङ्ग्रेसले समेत अग्रता लिएको छ ।
काठमाडौं क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी विवेकशील साझाका रवीन्द्र मिश्रले २ हजार ९ सय १६ मत पाएका छन् ।
काठमाडौं क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार माधव नेपालले २८ सय ४० मत ल्याएर अग्रता हासिल गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका दीपक कुँइकेलले १४ सय ५४ मत ल्याएका छन् । यस्तै तेश्रो स्थानमा रहेको विवेकशील साझाका डा. सुरेशराज आर्चायले १२ सय ६५ मत प्राप्त गरेका छन् ।
यता काठमाडौं क्षेत्र नं. ३ मा बाम गठबन्धनका उम्मेदवार कृष्णभक्त राईले २ हजार ८ सय र उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले २ हजार ५ सय ५१ मत ल्याएर पछ्याइरहेकी छिन् ।
काठमाडौं क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गगन थापा अगाडि लागेका छन् । उनले ५ हजार ४ सय २२ र एमालेका राजन भट्टराईले ४ हजार ८ सय ७८ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै काठमाडौं ५ मा एमालेका इश्वर पोखरेलले १४ सय र उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका रामशरण प्रकाशशरण महतले ६ सय १३ मत ल्याएका छन् ।
काठमाडौं क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसका नेता भीमसेनदास प्रधानलाई माओवादीका झक्कु सुवेदीले ३ सय ३९ मतले पछाडि पारेका छन् ।
काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेदवार रामवीर महर्जनले १ हजार ७२ मत पाएका छन् भने राप्रपाका विक्रम बहादुर थापाले ६ सय २४ मत ल्याएका छन् । ्
काठमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठ ४ हजार २ सय ५६ मत ल्याएर अगाडि रहेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका नवीन्द्रराज जोशीले ३ हजार ८ सय ६४ मत ल्याएका छन् ।
यस्तै काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ४ हजार २ सय ३३ र काङ्ग्रेसका ध्यान गोविन्द रञ्जितले २८ सय ७८ मत ल्याएका छन् ।
यता काठमाडौं १० मा नेपाली काङ्ग्रेसका राजन केसी अगाडि रहेका छन् । उनले ४ हजार ७४ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हितमान शाक्यले २ हजार ७ सय ७३ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इन्डिया दुर्घटनाको एक वर्ष, सुल्झिएनन् यी छ प्रश्नको रहस्य
-
७७ वटै जिल्ला सदरमुकाममा पुग्यो फाइबर इन्टरनेट, अब सबै वडा तहमा विस्तार गरिने: मन्त्री तिमिल्सिना
-
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकमा उपाध्यक्ष गिरीको उपस्थितिलाई लिएर संसद्मा प्रश्न
-
सेयर बजारमा झिनो सुधार, दुई कम्पनीको मूल्यमा उच्च वृद्धि
-
कीर्तिमानी ह्याट्रिकपछि मैदानमै किन रोए मेस्सी?
-
विश्वका लगभग सबै बालबालिका कम्तीमा एक जलवायु संकटको प्रभावमा: युनिसेफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण