शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत शेर्पाद्वारा ओहदाको प्रमाण पत्र प्रस्तुत (फोटोसहित)

मङ्गलबार, १३ असार २०७४, १५ : १३
मङ्गलबार, १३ असार २०७४

सिड्नी  – अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले अस्ट्रेलियाका गर्भनर जेनेरल पिटर कोसग्रोभसमक्ष ओहदाको प्रमाण पत्र प्रस्तुत गरेकी छिन् ।


अस्ट्रेलियाको क्यापिटा टेरिटोरीमा रहेको गर्भमेन्ट हासमा मंगलबार आयोजित विशेष कार्यक्रमबीच राजदूत शेर्पाले ओहदाको प्रमाण पत्र बुझाएकी हुन् ।


कार्यक्रममा राजदूत शेर्पाले राष्ट्रपति विद्यादेवि भण्डारीको शुभकामना सन्देश सुनाएकी थिइन् ।

ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत शेर्पा र गर्भनर कोसग्रोभबीच छलफल समेत भएको थियो ।


अस्ट्रेलियास्थित नेपाली राजदूतावसका अनुसार छलफलमा गर्भनर कोसग्रोभले भूकम्पपछि नेपालको पछिल्लो स्थितिको बारेमा चासो व्यक्त गरेका थिए । राजदूत शेर्पाले अस्ट्रेलियाले नेपाललाई गरिरहेको सहयोगका लागि धन्यवाद दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप