शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपरिचित पुरुषसँग देखिइन् अमिताभकी नातिनीसँग हेरिन् फिल्म, क्यामरा देखेर यसरी लुकाए अनुहार

मङ्गलबार, १३ असार २०७४, १५ : ०३
मङ्गलबार, १३ असार २०७४

पछिल्लो दिन अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा जुहूको पीवीआरमा एक अपरिचित व्यक्तिसँग देखिइन् । यी दुबैलाई फिल्म हलबाट बाहिर निस्कँदा फोटोग्राफरले उनीहरुको फोटो खिच्न थाले । कारमा बस्नुभन्दा पहिले नव्या हाँसिरहेको देख्न सकिन्छ । यस्तैमा उनीहरु दुबै कारमा बसेपछि क्यामराबाट बच्नका लागि दुबैले आफ्नो अनुहार लुकाए ।

अमिताभकी नातिनी नव्या नवेली नन्दा लण्डनको सेवनअक्स स्कूलमा पढेकी छिन् । अहिले उनी न्यूयोर्क युनिभर्सिटीमा पढाई गरिरहेकी छिन् । लण्डनको सेवनअक्स स्कूलमा शाहरुखका छोरा आर्यन पनि पढ्छन् । नव्या अमिताभ बच्चनकी छोरी श्वेताकी छोरी हुन् । उनी विभिन्न कारण चर्चामा छाइरहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप