यी पाँच फलफूलको बोक्राले पाउनुहोस् गोरो र चम्किलो अनुहार
फलफूल मात्र नभई त्यसका बोक्रा पनि हाम्रो लागि निकै फाइदाजनक हुन्छन् । हामी धेरैजसो फलको बोक्रालाई बेकार सम्झिएर फाल्ने गर्दछौं जबकी यसले हामीलाई विभिन्न प्रकारका छालासम्बन्धि समस्याबाट बचाउने गर्दछ । वास्तवमा फलफूलको बोक्रामा यस्ता थुप्रै पौष्टिक तत्व पाइन्छ जो हाम्रो छालाका लागि निकै फाइदाजनक छन् । यस्ता फलफूलको प्रयोग गर्दा तपाईंले गोरो र चम्किलो अनुहार पाउनुका साथै थुप्रै रोगबाट पनि जोगाउँछ ।
खरबुजाको बोक्राः
खरबुजा यस्तो मौसमी फल हो जुन गर्मी महिनामा मात्र पाइन्छ । यसले हाम्रो शरिरमा पानीको कमीलाई केही हदसम्म पूरा गर्ने गर्दछ । खरबुजाको बोक्राको पेष्टलाई अनुहारमा लगाउँदा दाद, एक्जिमाको समस्या टाढा रहन्छ भने यसले छालालाई विशेष चम्किलो पनि राख्छ ।
सुन्तलाको बोक्राः
सुन्तला भिटामिन सी ले भरपुर फल हो । भिटामिन हाम्रो छालाको लागि निकै फाइदाजनक मानिन्छ । जसलाई सुन्ताला खान मनपर्दैन उनीहरुले सुन्तलाको बोक्रा अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ । सुन्तलाको बोक्रालाई पेस्ट बनाएर अनुहारमा लगाउँदा ब्ल्याकहेड्स टाढा भाग्छ र छालाका विभिन्न समस्याबाट छुटकारा पाइन्छ ।
केराको बोक्राः
केराको बोक्रामा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा भिटामिन बी–सिक्स, बी–१२, म्याग्नेसियम र कार्बोहाइड्रेट हुन्छ । केराको बोक्रामा एन्टिअक्सिडेन्ट हुन५ जसले स्ट्रेसलाई कम गर्ने गर्दछ । केराको बोक्रालाई अनुहारमा लगाउँदा घामले डढेको र डण्डिफोरको समस्याबाट राहत पाइन्छ ।
अनारको बोक्राः
अनारको बोक्राको प्रयोग छालाका लागि निकै राम्रो मानिन्छ । घाममा जानूभन्दा पहिले यदि तपाईंलाई सनस्क्रिन लगाउँदा एलर्जी हुन्छ भने अनारको बोक्राको पेस्ट लगाउन सक्नुहुन्छ । यसले तपाईंलाई दाग धब्बाबाट जोगाउँछ र घामले डढ्नबाट पनि जोगाउँछ ।
मेवाको बोक्राः
मेवा एउटा यस्तो फल हो जसले कब्जियत, अपच, ग्यासजस्ता समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै यसको बोक्रा पनि छालाका लागि निकै फाइदाजनक मानिन्छ । मेवाको बोक्रा अनुहारमा लगाउँदा विभिन्न प्रकारका लाभ पाइन्छन् । यसमा भिटामिन सीको मात्रा अत्यधिक हुने भएकाले यसले चाउरीपनाबाट राहत प्रदान गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !