शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा पनि वाम गठबन्धन अगाडि

बिहीबार, २१ मङ्सिर २०७४, २० : ३९
बिहीबार, २१ मङ्सिर २०७४

म्याग्दी– पछिल्लो मतगणना अनुसार म्याग्दीमा बाम गठबन्धन अघि देखिएको छ । बामगठबन्धनका तर्फबाट एमालेका भुपेन्द्र थापाले १४ सय ५१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई पछ्याएका नेपाली कांग्रेसका खम गर्वुजाले  १२ सय १९ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा तर्फ पनि बाम गठबन्धन अघि देखिएको छ । प्रदेश (क)मा माओवादी केन्द्रका विनोद केसीले ९ सय ०८ मतका साथ लिडिङ गरिरहेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम गौचनले ५ सय ३८ मत ल्याएका छन् । त्यस्तै प्रदेश (ख) मा एमालेबाट नरदेवी पुनले ७ सय ५६ प्राप्त गरि अघि छन् भने कांग्रेसका अमलाल पुनले ६५ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप