रकुम झडपमा पाँच घाइते
रुकुम - सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् ।
झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । माओवादी केन्द्रका कार्यकर्ता कोठामा बसिरहेका अवस्थामा काँग्रेसका कार्यकर्ता गएपछि झडप भएको माओवादी सिस्ने गाउँपालिकाले जिकिर गरेको छ । काँग्रेसले भने आफ्ना कार्यकर्ता बाटामा हिँडिरहेको अवस्थामा वाइसिएलले आक्रमण गरेको बताएको छ ।
झडपका क्रममा काँग्रेसका टोपबहादुर शाही र रेशम बुढाथोकी तथा माओवादी केन्द्रका श्रीकुमार बुढाथोकी, गोरबहादुर थापा र केशव थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये काँग्रेसका रेशमलाई जिल्ला अस्पतालमा सामान्य उपाचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ भने अरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका यी स्थानहरूमा शुक्रबारसम्म विद्युत् सेवा प्रभावित हुने
-
लुम्बिनी प्रदेशका मन्त्रालय भवनहरूको निर्माण कार्यको प्रगति कति ?
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै
-
गुलियो क्याण्डी बेच्ने रितिकको तीतो कथा (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान