शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७ नम्बर प्रदेशका हेभिवेट उम्मेदवार : कसले कहाँ मतदान गरे ?

बिहीबार, २१ मङ्सिर २०७४, १६ : ४५
बिहीबार, २१ मङ्सिर २०७४

कृष्ण गिरी
 

काठमाडौं–संघ र प्रदेशको दोस्रो चरणको चुनाव आज ४५ जिल्लामा भइरहेको छ । यहि चुनाव अन्र्तगत ७ नं प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कंचनपुरमा दोस्रो चरण अन्र्तगत आज मतदान भइरहेको छ । यो प्रदेशमा रहेका हेभिवेट र उनीहरुसँग प्रतिष्प्रर्धा गर्ने उम्मेदवारहरुले नेताहरुले आज विहानै मतदान गरेका छन् । 
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं १ को रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान बिहान ७ बजेबाट सुरु भएपनि देउवाले भने १० बजे पछि भोट हालेका थिए । 
यसैगरी खगराज भट्टले डडेलधुराको अजयमेरु गाउँपालिकाको चिपुर स्वास्थ्य चौकि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी वामगठबन्धनका सझा उमेदवार हुन । उनी देउवासँग तेस्रो पटक निर्वाचनमा प्रतिस्पर्धा गदै छन् । 
नेकपा एमालेका उपाध्यक्ष मीम रावले अछाम जिल्लाको साँफेबगर नगरपालिका को ६ नं वडाको भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी प्रतिनिधि सभाको क्षेत्र नं १बाट उमेदवार छन् । 
अर्की चर्चित नेता विना मगर कंचनपुरको पुनवास नगरपालिका वडा नं ३को रामवस्तीस्थित गोरखा आधारभूत विद्यालयबाट मतदान गरेकी छिन् । उनी पनि प्रतिनिधि सभाको वामगठबन्धनको उमेदवार हुन् । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कंचनपुरको बेदकोट नगरपालिकाको वडा नं ८को बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 
माओवादीका नेता लेखराज भट्टले गोदावरी नगरपालिका १ नं वडाको घण्टेश्वर मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 
प्रधानमन्त्री पत्नी आरजु देउवाको प्रतिस्पर्धी नारदमुनि रानाले धनगढीस्थित धनगढी उच्चमाविमा भाषा गाउँको मतदान केन्द्रबाट मतदान गरेका छन् । आरजु राणा देउवाले भने आफैलाई मत दिन पाइनन् ।  उनको मतदाता नामावली डडेलधुरामा छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप