बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान सम्पन्न्ः आयोग

बिहीबार, २१ मङ्सिर २०७४, १६ : ४१
बिहीबार, २१ मङ्सिर २०७४

काठमाडौँ–  निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ ।  आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ । 

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । पहाडी तथा तराई–मधेशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप