धनुषामा शान्तिपूर्ण रुपमा मतदान हुँदै
जनकपुरधाम– प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ । मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चारवटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नं– १ मा एक लाख दुई हजार ७१२, क्षेत्र नं– २ मा एक लाख छ हजार १००, क्षेत्र नं– ३ मा ९७ हजार ५०२ र क्षेत्र नं– ४ मा ९८ अजार ३६० मतदाता रहेको छ ।
कार्यालयका अनुसार मतदानका लागि ३२७ मतदान स्थलमा ५४८ मतदान केन्द्रको व्यवस्था गरिएको छ । सोमध्ये २२२ अतिसंवेदनशील र १०५ संवेदनशील मतदानस्थल रहेको छ ।
यसैबीच नेपाली काँगे्रसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नंं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले राजेश्वर निधि माध्यमिक विद्यालय नगराइन मतदान केन्द्रमा मतदान गरेका छन् ।
यस्तै, धनुषा क्षेत्र नं– ४ मा वाम गठबन्धनका उम्मेदावार रघुवीर महासेठले जनकपुर उपमहानगरपालिका–९ स्थित सहृदय पुस्तकालय मतदान केन्द्रमा मतदान गरेका छन् भने खानेपानी तथा सरसफाइ मन्त्री एवम् कांग्रेसका तर्फबाट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले जनता निमावि बनिगामा मतदान केन्द्रमा मतदान गरेका छन् ।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिका– १८ की रामरति देवीले जनकपुर उपमहानगरपालिका– १४ स्थित ग्रामीण प्रशिक्षण केन्द्र मुजेलिया मतदान केन्द्रमा मतदान गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु