बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो अपडेटः  ५० प्रतिशत मतदान : निर्वाचन आयोग

बिहीबार, २१ मङ्सिर २०७४, १५ : ३६
बिहीबार, २१ मङ्सिर २०७४

काठमाडौ– दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा दिनको २ बजेसम्म सरदर ५० प्रतिशत मतदान भइसकेको छ ।
 निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा मतदान कार्य सञ्चालन भइरहेको छ ।

सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ । पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई  आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार रहेको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप