शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा तारजालीभित्र मतगणना, कर्मचारी ५ बजेको पर्खाईमा

बिहीबार, २१ मङ्सिर २०७४, १५ : ३२
बिहीबार, २१ मङ्सिर २०७४

रामहरि श्रेष्ठ 
ओखलढुंगा–ओखलढुङ्गामा मतगणना गर्ने कर्मचारी तयारी अवस्थामा रहेका छन् । मतगणना स्थलको सबै तयारी पुरा भएकाले अब ५ बजेको पर्खाईमा रहेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको मत छुट्टा छुट्टै स्थानमा गनिने भएको छ । त्यसका लागी दुवै तर्फको मतगणना स्थलमा गणक टोली र दलका प्रतिनिधि बीचमा तारजालीले घेरिएको छ । मतगणना हुने स्थलमा एकापटी मतगणना गर्ने र अर्कातिर राजनितिक दलका प्रतिनिधिले देख्ने गरि तारजाली लगाईएको छ ।

त्यस्तै मतगणनाको संख्याको बारेमा जानकारी गराउन बाहिर ग्राउण्डमा माईकिङको व्यबस्था पनि गरिएको छ । मतगणना स्थलमा असहज अवस्थालाई सहज बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले उमेद्वारको प्रतिनिधि, पत्रकार र निर्वाचन पर्यवेक्षकहरुका लागि परिचयपत्रको व्यबस्था पनि गरेको छ ।

‘हामीले मतगणना कार्यका लागि सबै तयारी सकेका छौ । मतगणना कार्यलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा ब्यबस्थालाई पनि अत्यन्तै कडा बनाईएको छ ।’ मुख्य निर्वाचन अधिकृत कैलाश केसीले भने, ‘हामीहरु ५ बजेको पर्खाईमा छौं ।’

बुधबार बसेको सर्वदलिय बैठकले २१ गते बेलुका ५ बजेवाट ओखलढुङ्गमा प्रतिनिधी सभा र प्रदेश सभा क को मतगणना दुइ स्थानबाट मतगणना गर्ने सहमती भएको थियो । सोहि अनुसार यसको तयारी थालीको हो ।

दिउसो देखी मतगणना हुने स्थल जिल्ला समन्वय समितिको गेट अगाडी राजनितिक दलका कार्यकर्ता तथा शुभचिन्तकहरुको घुईचो लाग्न थालीसकेको छ । मतगणना कार्यलाई असर पर्ने भन्दै मतगणना स्थलको आसपासमा रहेको होटल तथा पसलहरुमा मदिरा जन्य पदार्थ विक्रि वितरणमा प्रहरी प्रशासनले पूर्ण रुपमा रोक लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप