शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा २ः३० सम्म खस्यो ५० प्रतिशत मत

बिहीबार, २१ मङ्सिर २०७४, १५ : १६
बिहीबार, २१ मङ्सिर २०७४

पाल्पा–दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको मतदानमा पाल्पामा दिउँसो २ :३० बजेसम्म ५० प्रतिशत मतदान भइसकेको छ ।

निर्धारित समयमै मतदान सुरु भएको पाल्पाका मतदान केन्द्रहरुमा दिउँसो २ः३० सम्म ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा  शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए ।

२ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा ८ दल चुनावी मैदानमा छन् । प्रतिनिधि सभा सदस्यका लागि ८ जना दलका उम्मेदवार र २ स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेश सभामा क्षेत्र नम्बर १ बाट १२ जना र क्षेत्र नं. २ बाट ६ जनाउम्मेदवार चुनावी मैदानमा छन् ।

१ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको पाल्पामा १ सय १८ मतदान स्थल र २ सय २६ मतदान केन्द्र रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप