काठमाण्डौबाट विप्लवका ६ नेता–कार्यकर्ता पक्राउ
काठमाडौँ– नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ ।
उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् ।
एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली