भोट हालेपछि के भने महेश आचार्यले ?
बिहीबार, २१ मङ्सिर २०७४, १४ : ५७
मोरङ– मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवम् पूर्वमन्त्री महेश आचार्यले निर्वाचनको मतदानबाट आफू उत्साही भएको बताएका छन् ।
पूर्व मन्त्री आचार्यले आफू विजयी हुने दावी समेत गरे । विराटनगरस्थित जनता मावि मतदान केन्द्रबाट मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ अव मुलुकमा समृद्ध छाउने विश्वास पनि व्यक्त गरे ।
पूर्व मन्त्री आचार्यले यो निर्वाचनलाई आफूले देशै जित्ने निर्वाचनको रुपमा लिएको पनि स्पष्ट पारे ।
कांग्रेस नेता समेत रहेका आचार्यले लोकतन्त्रको सुदुढिकरण गर्दै अघि बढन पनि यो निर्वाचनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता