शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मतदान स्थलमै उपेन्द्र यादवको टिप्पणीः तराईका २२ जिल्लालाई नै मधेस प्रदेश बनाउनुपर्छ

बिहीबार, २१ मङ्सिर २०७४, १४ : ५७
बिहीबार, २१ मङ्सिर २०७४

सप्तरी– सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् । 

सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले आफु मतदान गर्न विराटनगर पुगेको उनले बताएका छन् । 

उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपश्चात् उनले मधेशीको हक र अधिकारका लागि मधेशी गठबन्धन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताएका छन् । उनले मधेशीको अधिकारको विकल्पमा मधेशी गठबन्धन नै रहेकाले तराईका २२ जिल्लालाई नै मधेश प्रदेश बनाउने दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप