गगनलाई बम प्रहार गर्ने विप्लवका कार्यकर्ता पक्राउ
बिहीबार, २१ मङ्सिर २०७४, १४ : ५२
काठमाडौं–नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई चुनाव प्रचारका क्रममा बम प्रहार गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी निकटका कार्यकर्तालाई प्रहरीको बिशेष ब्युरोले पेस्तोलसहित पक्राउ गरेको छ ।
रवि गोले सहित छ जनालाई पक्राउ गरिएको छ । गोले विप्लव निकट नेकपाका युवा दस्ता ईन्चार्ज रहेको बताइएको छ ।
पक्राउ पर्ने अन्यमा सिन्धुलीका सम्पुर्ण भनिने विचारमान तामाङ, मकवानपुरका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रेका विकेश लामा,नुवाकोटका राजिव तामाङ र दोलखाका रोशन विष्ट पनि रहेका छन् ।
गत सोमबार चुनावी प्रचारका क्रममा बुढानिलकण्ठ स्थित चपलीमा थापालाई लक्षित गरि बिस्फोट गराइएको थियो । विस्फोटबाट चुनावी अभियानको रहेका ११ व्यक्ति घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर