शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीद्वारा सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

बिहीबार, २१ मङ्सिर २०७४, १४ : ३६
बिहीबार, २१ मङ्सिर २०७४

चितवन– जिल्लामा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उनले बताए । 

जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उनले सहज रुपमा मतदान भइरहेको बताए । प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप