पहिलो चरणको निर्वाचनको मतगणना साँझ ५ बजेदेखि
काठमाडौं–पहिलो चरणमा सम्पन्न मतदानको मतगणना साँझ ५ बजेदेखि हुने भएको छ ।
मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको थियो । मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो ।
पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ ।
दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।
पहिलो चरणमा मतदान भएका हिमाली जिल्लाहरु मध्य मनाङ र मुस्ताङको मत परिणाम छिटो आउने अपेक्षा गरिएको छ । ति दुई जिल्लामा मतदाताको संख्या न्युन छ ।
मनाङमा ५ हजार ८८० र मुस्ताङमा ९ हजार ४२७ मतदाता रहेका छन् । मनाङ र मुस्ताङमा प्रतिनिधी तथा प्रदेश सभाका मतपत्रमा दुई वटा मात्रै चुनाव चिन्ह रहेकोले गणना छिटो सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै
-
बौद्धिक पलायन रोक्न पाठ्यक्रम परिमार्जन गरौँ : प्रधानमन्त्री
-
ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल