मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ताबीच झडप, तीन घाइते

बिहीबार, २१ मङ्सिर २०७४, १४ : ०५
बिहीबार, २१ मङ्सिर २०७४

भक्तपुर– प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । 

काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपमा तीनजना घाइते भएका छन् भने घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ । 

विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् । काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ । 

ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए । 

यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ । बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप