चिनियाँ राष्ट्रपति सीको प्रतिक्रियाः तेश्रो विश्वका देशहरुको प्रयासलाई सम्मान गरौं
बिहीबार, २१ मङ्सिर २०७४, १३ : ०४
एजेन्सी– चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गरेका छन् । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा रक्षाका क्षेत्रमा आ–आफ्ना प्रयास जारी राखेकोले त्यसको सम्मान गर्नुपर्ने उनले बताए ।
बिहीबारदेखि बेइजिङमा सुरु भएको ‘साउथ–साउथ ह्युम्यान राइट्स फोरुम’ को उदघाटन सत्रमा दिनुभएको शुभकामना सन्देशमा उनले सो आग्रह गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति सिले यस फोरमले विकासशील देशहरुमा मानवअधिकारको संरक्षणका क्षेत्रमा गरेको प्रयासका लागि हार्दिक बधाई दिएका छन् ।
उक्त सन्देशमा उनले राष्ट्रको विशिष्ठ अवस्था र जनताको चाहना एवम् आवश्यकता अनुसार मानवअधिकारको संरक्षण र प्रवर्धन हुने धारणा पनि राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा