निर्वाचन विरोधीहरु असफल भएका छन्ः सिटौला

person access_timeमंसिर २१, २०७४ chat_bubble_outline0

बनियानी– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा नेपाली जनताले पहिलो पटक भाग लिएको बताएका छन् । 

झापा क्षेत्र नम्बर १ अन्र्तगत कलवलगुडी आधारभूत विद्यालयमा आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता सिटौलाले भने, “संविधान कार्यान्वयनसँगै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने यो महत्वपूर्ण र ऐतिहासिक निर्वाचन हो, ‘निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरू असफल बनेका छन् ।” 

उनले यो निर्वाचन जनता मालिक हुने निर्वाचन भएको बताउँदै अब संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गरे । “निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई समृद्धितर्फ लान्छ’, नेता सिटौलाले भने । 

निर्वाचनपछि परिवर्तन विरोधीहरू आफैँ पाखा लाग्ने बताउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने निश्चित भएको विचार व्यक्त गरे ।  
 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ