मतदानमा जे देखियो, २५ तस्बिरमा हेर्नुहोस्

person access_timeमंसिर २१, २०७४ chat_bubble_outline0

काठमाडौँ–मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य जारी  छ । 

संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ । 


प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको हो ।  

यसैबीच  उपत्यकामा पनि विहानैदेखि उत्साहप्रद रुपमा मतदान भइरहेको छ । कडा सुरक्षाकाबीच  मतदान भइरहेको हो । 
काठमाडौंको मतदानका २५ तस्बिर हेर्नुहोस्:


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ