गाडी नचल्दा सुनसान राजधानीका सडक (फोटोफिचर)
बिहीबार, २१ मङ्सिर २०७४, १० : ५३
काठमाडौं– अरुवेला सधैभरी भीडभाड देखिने राजधानी लगायत दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका सडकहरु बिहीबार सुनसान देखिएका छन् ।
सरकारले निर्वाचन हुने जिल्लामा अत्यावाश्यक सवारीबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएपछि ति जिल्लाका सडकहरु सुनासान भएका हुन् ।
मतदाताहरु पनि हिँडेरै मतदानकेन्द्रसम्म पुगेका छन् । गृहमन्त्रालयले आज मतदान हुने दिन अत्यावाश्यक सुरक्षाकर्मी, एम्बुलेन्स, दुध, पानी, विद्युत र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन बाहेक अन्य सवारी साधन सञ्चालन नगर्न हिजै सुचना जारी गरेको थियो ।
राजधानीका सडकमा विहानैबाट फाटफुट् एम्बुलेन्स र सुरक्षाकर्मीका, मिडियाका सवारीसाधन बाहेक अन्य सावरी चलेको देखिएको छैन ।
तस्बिरमा हेर्नुहोस्ः