शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलको गोलको वर्षा, पाँच इंग्लिस टोली नकआउटमा

बिहीबार, २१ मङ्सिर २०७४, १० : ५०
बिहीबार, २१ मङ्सिर २०७४

लिभरपुल । फिलेपे काउन्टिन्होले ह्याट्रिक पूरा गर्दा लिभरपुल समूह ईको विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने पाँचौ इंग्लिस टोली बनेको छ ।

मात्र हारबाट जोगिए सन् २००८–०९ यता अर्को चरणमा पुग्ने पक्का गरेको जर्गन क्लपको टोलीले एनफिल्डमा स्पार्टाक मस्कोविरुद्ध गोलको वर्षा गरेको थियो । 

खेलको चौँथो मिनेटमा नै पेनाल्टीबाट काउन्टिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए । १५ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए भने लगत्तै रोबर्टो फर्मिन्होले अर्को गोल थपे ।

खेलको दोस्रो हाफमा साडियो मानेले दुई गोल थपे भने काउन्टिन्होले आफ्नो ह्याट्रिक पूरा गर्यो । खेलको अन्त्यतिर मोहमद सलाहले अर्को गोल थप्दा लिभरपुल ७–० को विशाल अन्तरले विजयी बन्यो ।

योसँगै च्यापियन्स लिगको इतिहासमा पहिलो पटक पाँच इंग्लिस टोली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

लिभरपुलसँगै चेल्सी, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र टोटनहम पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

समूहमा एनके मारिबोरसँग १–१ को बराबरी खेल्दै सेभियाले पनि अर्को चरणमा स्थान बनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप