बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२९ खेलमा पहिलोपटक सिटी पराजित

बिहीबार, २१ मङ्सिर २०७४, १० : ११
बिहीबार, २१ मङ्सिर २०७४

डोनेस्क । म्यान्चेस्टर सिटी २९ खेलमा पहिलो पटक पराजित हुँदा युक्रेनियन टोली साख्तार डोनेस्कले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

यसअघि नै समूहको शीर्ष स्थान पक्का गरेको सिटीले शुरुवात एघारमा थुप्रै परिवर्तन गरेको थियो ।

खेलको २६ औँ मिनेटमा ब्राजिलियन बर्नाडले गोल गरेपछि सिटी पछि पर्यो । 

लगत्तै गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै इसमाइलीले साख्तारको अग्रता दोब्बर बनाए ।

खेलको इन्जुरी समयमा ग्याब्रियल जिजसलाई डि एरियामा लडाएपछि पाएको पेनाल्टीलाई सर्जियो अगुएरोले गोलमा परिणत गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् ।

योसँगै च्याम्पियन्स लिगको एक सिजनमा समूह चरणका सबै खेल जित्ने पहिलो इंग्लिस टोली बन्ने सिटीको सपना चकनाचुर बनेको छ । गत २३ अप्रिलमा एफए कपको सेमिफाइनलमा आर्सनलले पराजित गरे यता सिटीको यो पहिलो हार हो ।

खेलमा १७ वर्षीय फिल फोडेन सिटीका लागि च्याम्पियन्स लिगमा खेल्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । 

समूहकै अर्को खेलमा नापोली फेयेनुर्डसँग २–१ गोलअन्तरले पराजित हुँदै युरोपा लिग खेल्न बाध्य बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप