शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको अर्को किर्तिमानका बावजुद रियल दोस्रो स्थानमा सिमित

बिहीबार, २१ मङ्सिर २०७४, ०९ : ५१
बिहीबार, २१ मङ्सिर २०७४

म्याड्रिड । रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

रोनाल्डोको गोलको मद्दतले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–२ ले पराजित गरे पनि रियल समूह एचको दोस्रो स्थानमा सिमित बनेको छ ।

रोनाल्डोले डि एरियाको छेउबाट उत्कृष्ट गोल गर्दै यस सिजन प्रतियोगिामा नवौँ गोल पूरा गरे ।

योसँगै उनले च्याम्पियन्स लिगमा ११४ औँ गोल पूरा गरेका छन् । नजिकका प्रतिद्वन्द्वी बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीभनदा १७ गोल बढी हो ।

टोटनहम हटस्पर्सपछि समूहमा दोस्रो स्थान पक्का गरिसकेको रियलले सोमबार हुने ड्रमा रोमा, बेसिक्टास, पेरिस सेन्ट जर्मेन, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड वा लिभपुरलाई प्रतिद्वन्द्वी पाउनेछ ।

समूह चरणमा मात्र २ अंक बटुलेको डर्टमण्डले युरोपा लिगमा स्थान पक्का गरेको छ ।

बोर्जा मायोरालले रियललाई अग्रता दिलाए पछि रोनाल्डोले रियलको अग्रता दोब्बर बनाएका थिए । तर, पियरे एमेरिक आउमाबेयाङले दुई हाफमा एक–एक गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर लुकास भाजक्वेजले निर्णायक गोल गर्दै रियललाई जीत दिलाए ।

उता, टोटनहमले एपोएल निकोसियलाई ३–० ले पराजित गर्दै समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

टोटनहमको जीतमा फर्नान्डो लोरेन्टे, सन हिउङ–मिन र एन्कोडुले एक–एक गोल गरे ।

स्पर्स बासेल, बायर्न म्युनिख, युभेन्टस, पोर्टो, सेभिया वा साख्तार डोनेस्कमध्ये एकलाई प्रतिद्वन्द्वीको रुपमा पाउने सम्भावना रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप