शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उल्लासमय निर्वाचन: कसले कहाँ मतदान गरे ?

बिहीबार, २१ मङ्सिर २०७४, ०७ : ४७
बिहीबार, २१ मङ्सिर २०७४

प्रदेश र प्रतिनिधिसभा(दोस्रो चरण)को निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । ४५ वटै जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

मतदाताको संख्या १ करोड २२ लाख ३५ हजार ९९३ छ ।

काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

नेता पौडेलले सत्यवति माविको ख मतदान केन्द्रबाट मतदान गरेका हुन् । 


मतदानपछि सञ्चारकर्मीसँग पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न तथा देशको समृद्धिका लागि यो निर्वाचन ऐतिहासिक भएको बताएका छन् ।


माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे मतदान गरेका छन् । 

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको, देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार (एमाले नेता)  प्रदीप ज्ञवालीले बम्घा निमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।


मोरङ ६ का उम्मेदवार (कांग्रेसका नेता) शेखर कोइरालाले आदर्श मावी केन्द्रबाट बिहान सात बजे मतदान गरेका छन् ।


इलाम २ मा वामगठबन्धनका उम्मेदवार सुवास नेम्वाङले सात बजे मतदान गरेका छन् । बालमन्दिर केन्द्रबाट नेम्वाङले मतदान गरेका हुन् । 


महोत्तरी १ का उम्मेदवार गिरिराजमणि पोखरेलले बर्दिवासस्थित दुधेश्वर प्राबिमा मतदान गरेका छन् 


राजपा नेता अनिल झाले  रौतहटको दुर्गाभगवतीबाट मतदान गरेका छन ।


नवलपरासी (पश्चिम)को केवलपुरस्थित जनजाग्रिती विद्यालयबाट हृदयेश त्रिपाठीले मतदान गरेका छन् । 


तुलसीपुर उपमहानगर १९ बाट एमाले नेता शंकर पोखरेलले मतदान गरेका छन् । 


अर्घाखाँचीको रासीचौर मतदान केन्द्रबाट टोप बहादुर रायमाझीले मतदान गरेका छन् ।


पुनर्वास ३ रामवस्तीस्थित गोरखा आधारभुत विद्यालयबाट मतदान गर्दै बिना मगर । बिना प्रतिनिधिसभा सदस्यकी उमेद्वार हुन् ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य (कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधिसभाका उम्मेदवार) रमेश लेखकले कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 


कांग्रेस नेता (झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार)  कृष्णप्रसाद सिटौलाले भद्रपुरस्थित बलवलगुढी प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । 


काठमाडौं क्षेत्र नबर ४ का कांग्रेस उम्मेवार गगन थापाले मैतिदेवी मन्दिर परिसरबाट मतदान गरेका छन् ।


बाम गठबन्धनका तर्फबाट सोही क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बाँसगढी नगरपालिका-८ ककौरामा रहको त्रिभुवन माविबाट मतदान गरेका छन् ।


एमाले नेता महेश बस्नेतले भक्तपूरको सूर्यविनायक ७ मा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित शान्ति उदय मावि मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका नेता एवं कास्की क्षेत्र–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारी ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबारको निर्वाचनमा काठमाडौँ नेपाल युवक मावि पकनाजोलबाट मतदान गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंंह ।

बिहीबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको द्रोस्रो चरणको निर्वाचनमा एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र–४ पशुपति बहुमूखी क्याम्पस चावहिल केन्द्रबाट मतदान गर्दै ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा अछाम क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भीम रावल बिहीबार भएको निर्वाचनामा अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरस्थित चन्द्रोदय आधारभूत विद्यालय रिठागाउँ मतदान केन्द्रमा मतदान गर्दै ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप