शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, २१ मङ्सिर २०७४, ०६ : ५२
बिहीबार, २१ मङ्सिर २०७४

आजको राशिफल

बि.स.२०७४ मंसिर २१ गते । बुधबार । ईश्वी सन् २०१७ डिसेम्बर ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि चतुर्थी १५ घडी ३६ पला, दिउसो १२ बेजेर ५७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र तिष्य  ४८ घडी ३६ पला । योग ब्रम्ह २९ घडि ५० पला, बेलुकी ६ बजेर ३९ मिनेट उप्रान्त ऐन्द्र । करण वालव,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त कौलव,रातको ११ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा शुभ योग । 

चन्द्रराशि कर्कट । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

काठमाडौंमा सूर्योदय ६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २६ घडी ० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको काम समयमा गर्न  नसक्दा आलोचनाको शिकार हुँनुपर्नेछ । कषि तथा सहकारि व्यावसायमा लागनि बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा समय दिन नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा सामान्यम मनमुटाव सिर्जना हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु हुँनेछन् । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च कदर हुँनेछ । आफन्त तथा परिवारका सदस्यहरु तपाईको कामदेखि खुसि हुँनेछन् । सभा सभारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने हुँनाले आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुँनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुँन सक्छ । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रतिष्पर्धिहरु परास्त हुँनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछि सम्म आम्दानि भईरहने व्यावसायमा लगानि गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा बिजय हुँने योग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफुले पाएको अधिकारलाई भरपुर प्रयोग गरि उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुँनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउँन समय लगानि गर्नुपर्ने हुँन्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने यहि बेलामा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकि सुखद तथा सक्बृद्ध बनाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउँनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने बिलाशि तथा भौतिक बस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउँन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउँने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउँनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप