शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘२.०’ ले बनायो केकीलाई तनाब

बुधबार, २० मङ्सिर २०७४, २० : ०९
बुधबार, २० मङ्सिर २०७४

काठमाडौं – अभिनेत्री केकी अधिकारी अहिले तनावमा देखिएकी छन् । उनको निर्माण रहेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को रिलिज मितिमा बलिउडको ‘२.०’ आउने भएपछि उनको तनाव बढेको हो । 
‘२.०’ बलिउडको सुपरस्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्त अभिनित चलचित्र हो । यो बलिउडको अहिले सम्माकै ठुलो बजेटको चलचित्र भएको समेत प्रचार गरिएको छ । 
‘बाहुबली २’ पछि सबैभन्दा बढि चर्चा र प्रतिक्षाको बिषय बनेको ‘२.०’ले स्वदेशका अधिकांश मल्टिप्लेक्स चलचित्र भवन कब्जा गर्ने देखिएको छ । केकीले पनि चलचित्र मल्टिप्लेक्सका दर्शकलाई लक्षित गर्दै निर्माण गरेकी हुन् । 

चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा केकीको अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । तीन यूवतीको कथामा निर्माण भएको ‘कोहलपुर एक्सप्रेस’ विशाल भण्डारीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप