शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी माहोलमा सरर हुईँकिदै रामजी र भुमिका

बुधबार, २० मङ्सिर २०७४, १९ : १८
बुधबार, २० मङ्सिर २०७४

काठमाडौं – देश चुनावी माहोलले गर्माएको छ । आफ्नो अमूल्य मतको सदुपयोग गर्नुपर्छ भनेर सम्पूर्ण नेपाली चुनावका लागि उत्साहित छन् । तर, चर्चित लोक गायक रामजी खाँण र गायिका  भुमिका गिरी भने ‘सरर आउँ माया’ भनेर कतै हुर्इँकिने तरखरमा छन् । 


रामजी र भुमिका आफ्नै पछिल्लो गीत ‘सरर आउँ माया’सँगै हुकिन लागेको हुन् । यी गायक गायिकाले यो गीत भर्खर सार्वजनिक गरेका हुन् । गीत आकर्षक भिडियो सहित युट्युव मार्फत सार्वजनिक गरिएको हो । 


 गीतमा सिपी मगरको शब्द तथा गायक खाँणकै लय रहेको छ । भिडियोमा दुर्गेश थापा, रश्मी तामाङ र बिपेश घिमिरेको अभिनय देख्न सकिन्छ । क्रन्ती केसीको निर्देशन रहेको भिडियो छायाँकन अजय रेग्मीले गरेका हुन् । भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउने कोसिस गरिएको छ ।
 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप