बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शरद र ज्ञानेन्द्रको अर्धशतकले नेपालद्वारा युएईसामु २ सय २२ रनको लक्ष्य

बुधबार, २० मङ्सिर २०७४, १५ : ३४
बुधबार, २० मङ्सिर २०७४

काठमाडौँ । शरद भेस्वाकरले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट रहेर ८१ रन बनाएपछि नेपाले युएईसामु जीतका लागि २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अबुधावीमा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियन्सीपमा नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाएको हो ।

भेस्वाकरले ९५ बलको सामना गर्दै ५ चौकासहित ८१ रनको योगदान दिए । उनलाई ओपनर ज्ञानेन्द्र मल्लले ५४ रन बनाएर राम्रो साथ दिए । मल्लले ८३ बलमा ६ चौकासहित उक्त योगफल बनाए ।

त्यस्तै कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन बनाए ।

युएईका लागि जहुर खानले २ तथा रोहन मुस्तफा, अहमद राजा र मोहमद नभिदले १–१ विकेट लिए ।

प्रतियोगितामा नेपाल १२ खेलपछि ४ खेलमा जीत र ७ खेलमा पराजयसँगै लिगमा छैटौँ स्थानमा रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप