बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी कलाकार हाल्दैनन् भोट, यस्तो रहेको छ कारण

बुधबार, २० मङ्सिर २०७४, १५ : १०
बुधबार, २० मङ्सिर २०७४


काठमाडौँ । देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनका लागि रानीतिक दलका नेता, कार्यकर्ता, कलाकर्मीदेखि सर्वसाधारण समेत उत्साहित देखिएका छन् । निर्वाचनबाट आफ्ना नजिकको दल, दलका नेता चुन्न सबै उत्साहित देखिएका हुन् । यो निर्वाचनका लागि कोही कलाकार केही दिनको यात्राबाट आफ्नो जिल्ला पुगिसकेका छन् भने केही कलाकाकर्मीले राजधानीबाटै भोट हाल्ने ब्यवस्था पनि मिलाएका छन् । यहि भीडका त्यस्ता केही कलाकार पनि देखिएका छन् । जसले यो निर्वाचनमा भोट नखसाल्ने भएका छन् । जान्नुहोस्, को को कलाकारले खसाल्दैनन् भोट ।

अभिनेता राजेश हमाल 
अभिनेता राजेश हमालले भोलिको निर्वाचनमा भोट हाल्ने छैनन् । एक कार्यक्रमको सिलसिलमा केही दिन पहिले भारतको सिमला पुगेका राजेश चुनावपछि मात्र फर्किने उनका सहयोगीले बताए । राजेशले यस अगाडि काठमाडौ क्षेत्र नं ६ को लैनचौर स्थित बुथबाट भोट खसाल्दै आएका थिए । यस अगाडि सधै भोट खसाल्दै सम्पूर्ण नेपालीलाई पनि चुनावमा भाग लिएर आफ्नो मतको सदुपयोग गर्न आग्रह गर्ने राजेश आफैले भने यो चुनाव मिस गरेका हुन् । 

अभिनेत्री तथा निर्देशक दीपाक्षी निरौला 
अभिनेत्री दीपाले पनि भोलि भोट नहाल्ने भएकी छन् । चलचित्रको सुटिङ लगायतको कारणले उनी काठमाडौ नै रहनु पर्ने भएकोले उनले भोट खसाल्न नपाउने भएकी हुन् । बिराटनगर क्षेत्र नम्बर २ बाट भोट खसाल्दै आएकी दीपाले बुबा लगायत आफन्तलाई भने भोट खसाल्नकै लागि केही दिन पहिले जिल्ला पठाएको बताइन् ।

गायिका माण्डबी त्रिपाठी 
चर्चित गायिका माण्डबी त्रिपाठी पनि भोलिको निर्वाचनमा भाग नलिने भएकी छन् । कार्यक्रमको सिलसिलामा देश बिदेश गर्दा गर्दै भोट लिष्टमा नाम लेखाउन छुटेको उनले बताइन् ।

हाँस्यकलाकार सीताराम कट्टेल 
सानोपर्दाको श्रृखला ‘मेरी बस्सै’बाट चिनिएका हाँस्य कलाकार सीताराम कट्टेलले पनि भोलि भोट खसाल्दैनन् । पछिल्लो समय बिभिन्न समुदायको लागि नमुना बस्ती निर्माण गर्दै सामाजिक काममा अब्बल रहँदै आएका सीतारामले बाढी पिडितको बस्ती निर्माणमा आफ्नु क्रियासिल रहेको कारण भोट खसाल्न जान नभ्याउने बताए । यस अगाडि सीतारामले झापा क्षेत्र नम्बर ५ बाट भोट खसाल्दै आएका थिए ।

अभिनेता निखिल उप्रेती 
एक्सन किङ अभिनेता निखिल उप्रेतीले पनि भोलि भोट हाल्ने छैनन् । चलचित्र अभिनयका लागि उनी जिल्ला बाहिर रहने भएकाले निर्वाचनमा भाग नलिने भएका हुन् । सर्लाहीको ३ नम्बर क्षेत्रबाट भोट खसाल्दै आएका निखिलका अहिले केही चलचित्र छायाँकनमा छन् ।

लोक गायिका भूमिका गिरी 
गायिका भूमिका गिरी पनि भोलिको निर्वाचनमा सहभागी हुने छैनन् । कार्यक्रमको सिलसिलामा बिदेश रहेको बेला मतदाता नामावलीमा आफ्नो नाम लेखाउन छुटेको उनले बताइन् । नाम नछुटेको भए उनले दाङको क्षेत्र नम्बर ५ बाट भोट खसाल्ने थिइन् ।

निर्देशक कलाकार ओम प्रतिक गुरुङ 
कलाकार ओम प्रतिक गुरुङले पनि भोलि भोट हाल्ने छैनन् । आफ्नो निर्देशन रहेको पछिल्लो चलचित्र ‘बटरफ्लाइ’को कामले जिल्ला जान नभ्याएको उनले बताए । यस अगाडि गुरुङले रोल्पाको क्षेत्र नम्बर ५ बाट मतदान गर्दै आएका थिए । 

कलाकार कुन्जना घिमिरे 
कलाकार कुञ्जना घिमिरेले पनि यो निर्वाचनमा भाग नलिने भएकी छन् । पति सिताराम कट्टेलसँगै बाढी पिडितका लागि सामुहिक बस्ती निर्माणमा खटिएकी कारण उनले भोट हाल्न नपाउने भएकी हुन् । दिनरात मिहिनेत गरेर अहिले बस्ती निर्माणमा आफू खटिएको घिमिरेले बताइन् ।

अभिनेता प्रदीप खड्का 
पछिल्लो समयका स्टार अभिनेता प्रदीप खड्काले पनि यो निर्वाचमा भोट खसाल्ने छैनन् । चलचित्र ‘लिलिबिली’ छायाँकनको सिलसिलामा बेलायतमा रहेका कारण उनले भोट खसाल्न नपाएका हुन् । स्वदेशमै भएका भए उनले बानेश्वरबाट भोट खसाल्थे ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप