बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किबी फलको उत्पादन घट्यो

बुधबार, २० मङ्सिर २०७४, १३ : २२
बुधबार, २० मङ्सिर २०७४

इलाम- जिल्लामै पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गरेका सुलुबुङ–५ का तारामणि खतिवडा आजभोलि किबी फल बिक्री गर्न व्यस्त छन् । 

अहिले फल टिपाइ शुरू भएको छ । बिक्रीका लागि बजारसम्म पु¥याउनु पर्ने भएकाले उनलाई अन्य काम भ्याउनै मुस्किल छ । उत्पादनको शुरूमै प्रतिकिलो रु ३०० देखि रु ४०० मा किनबेच हुन थालेको किबी फल संकलनको तयारीमा लागेका  खतिवडाले यसपालि विराटनगर, काठमाडौँ, पोखरा लगेर बिक्री गर्ने तयारी गरेको बताए । 

किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुन थालेको छ ।    जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्याेदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना तथा इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ । 

यसपटक फल लागेको बेलामा असिनापानी परेका कारण उत्पादन घटेको खतिवडाले बताए । गत वर्ष आठ हजार किलो किबी फल उत्पादन गरेका खतिवडाले यसपटक त्यसको आधामात्र उत्पादन भएको बताए । 

अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी फल लागेका साँखेजुङका टेकबहादुर विष्टले यस वर्ष १० क्विन्टल उत्पादन भएको बताए । गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गरेका विष्टले यसपटक रु तीन लाखको बिक्री गर्ने लक्ष्यराखेका छन्। 

किबी फस्टाएपछि व्यावसायिक चिया र गाईपालन गर्दै आएका विष्टलाई नयाँ खेतीप्रति मोह बढ्दै गएको छ । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत बनाएका छन् । फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उनी भन्छन् । एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ । 

गत वर्ष चार क्विन्टल किबी फल बिक्री गर्नुभएका आमचोकका टठबहादुर पाण्डेले पनि यसपालि उत्पादन घटेको बताए । यसपटक उनले करिब एक मन मात्र बिक्री गरेको बताए । किबी फल उत्पादनमा जिल्लाका करिब २४ हजार घरपरिवार संलग्न छन् । एउटै बोटबाट कम्तीमा २०० देखि २५० किलो किबी फल्ने गरेको कृषक बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप