शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आकाशबाट हिमालसँग नजर जुधाउँदा (फोटोफिचर)

बुधबार, २० मङ्सिर २०७४, १२ : ४६
बुधबार, २० मङ्सिर २०७४

काठमाडौँ । बाँकेको नेपालगञ्जदेखि काठमाडौँसम्म  बुद्ध एयरको एक घण्टाको हवाईयात्रामा उत्तरतर्फ रहेका विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । 

मौसम सफा भएका बेला बाँकेदेखि काठमाडौँसम्म धौलागिरी हिमश्रृङ्खला, पुनहिल, अन्नपूर्ण हिमश्रृङ्खला, मनास्लु हिमश्रृङ्खलाका साथै रसुवाको लाङटाङ् हिमश्रृङ्खलासम्मको समेत टाढाबाट भएपनि अवलोकन गर्न सकिन्छ ।

बुद्ध एयर नेपालको सुरक्षित र भरपर्दो एयरलाइन्स मानिन्छ । बुद्ध एयरले  भद्रपुर, विराटनगर, जनकपुर,  पोखरा, नेपालगन्ज, धनगढीलगायतका देशका ११ स्थानमा  उडान भर्दै आएको छ ।  

यहाँ झण्डै १० हजार फिटमाथिबाट देखिएका हिमश्रृङ्खलाका दृश्यहरु प्रस्तुत गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप