‘कता नेपाली ?’ भिडियो प्रतियोगिताका लागि आबेदन खुल्ला
वाशिंगटन डिसी– गैरसरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताको शीर्षक ’कता नेपाली ?’ राखिएको छ । प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा नेपालीहरु नेपालको भविश्यबारे कस्तो सपना र सम्भावना देखछन् ? भन्ने बिषयमा रचनात्मक छलफल र बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।
प्रतियोगितामा, नेपाल तथा विदेशमा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरुले सहभागिता जनाउन सक्ने जनाइएको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ ।
डिसेम्बर ७ देखि ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका अन्तिम निर्णय फेव्रुअरी १४, २०१८ मा घोषणा हुनेछ ।
कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि अमेरिकामा दर्ता गरिएको संस्था हो|
थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर