बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘कता नेपाली ?’ भिडियो प्रतियोगिताका लागि आबेदन खुल्ला

बुधबार, २० मङ्सिर २०७४, ११ : ५१
बुधबार, २० मङ्सिर २०७४

वाशिंगटन डिसी– गैरसरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 प्रतियोगिताको शीर्षक ’कता नेपाली ?’ राखिएको छ ।  प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा नेपालीहरु नेपालको भविश्यबारे कस्तो सपना र सम्भावना देखछन् ? भन्ने  बिषयमा रचनात्मक  छलफल र बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ ।

प्रतियोगितामा, नेपाल तथा विदेशमा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोग्राफरहरुले सहभागिता जनाउन सक्ने जनाइएको छ । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ ।

डिसेम्बर ७ देखि ३१, २०१७ को समयाबधि भित्र पेश गरिएका भिडियो मात्र स्वीकार गरिनेछ । प्रतियोगिताका अन्तिम निर्णय फेव्रुअरी १४,  २०१८ मा घोषणा हुनेछ ।
कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि  अमेरिकामा दर्ता गरिएको  संस्था हो|

थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिनेछ |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप