शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो एसेज टेस्टमा अस्ट्रेलिया विजयी, श्रृंखलामा २–० अग्रता

बुधबार, २० मङ्सिर २०७४, ११ : ५०
बुधबार, २० मङ्सिर २०७४

एडिलेड । दिवा–रात्री खेलाइएको एसेज सिरिज अन्तरगतको दोस्रो टेस्टमा इंग्ल्याण्डलाई १२० रनले पराजित गर्दै अस्ट्रेलियाले श्रृंखलामा २–० को अग्रता लिएको छ ।
जीतका लागि ३५४ रनको लक्ष्य पाएको इंग्ल्याण्ड मात्र ८४.२ ओभरमा २३३ रनमा सिमित बन्न पुग्यो ।

इंग्ल्याण्डको ब्याटिङक्रम ध्वस्त बनाउने क्रममा मिचेल स्टार्कले ५ विकेट लिए भने जोस हेजलवुड र न्याथन लियोनले २–२ विकेट लिए ।

चौँथो दिनको खेल समाप्त हुँदा चार विकेटको क्षतिमा १७६ रनको स्थितिमा रहेको इंग्लयाण्डले पाँचौ दिनको खेलमा लागाताररुपमा विकेट गुमाउन पुगेको थियो ।

कप्तान जो रुट ६७ रनमा आउट भएपछि इंग्ल्याण्डको पतन शुरु भएको थियो । रुट बाहेक जोनी ब्रेस्ट्रो र मार्क स्टोनम्यानले समान ३६ तथा डेविड मलानले २९ बाहेक अन्य ब्याटसम्यानले ठूलो योगदान दिन सकेनन् ।

अस्ट्रेलियाको पहिलो पारीमा शतक बनाएका सन मार्स म्यान अफ द म्याच घोषित भए ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४४२ रन बनाएको थियो भने इंग्ल्याण्डले जवाफमा २२७ रन बनयो । दोस्रो इनिङमा भने जेम्स एन्डरसनले ५ तथा क्रिस वोक्सले ४ विकेट लिए पनि अस्ट्रेलियामात्र १३८ रनमा अलआउट हुन पुगेको थियो ।

पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । अब तेस्रो टेस्ट पर्थमा आगामी डिसेम्बर १४ मा शुरु हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप