शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जीतको लयमा फर्कियो बार्सिलोना

बुधबार, २० मङ्सिर २०७४, १० : ४३
बुधबार, २० मङ्सिर २०७४

बार्सिनोला । बार्सिलोनाका पूर्व खेलाडी जेरेमी म्याथुजले आत्मघाती गोल गर्दा बार्सिलोनाले स्पोर्टिङ लिजबनलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा समूह डी विजेता बन्दै प्रवेश गरेको छ ।

उता, पराजयसँगै प्रतियोगिताको अर्को चरणमा पुग्ने लिजबनको सपना चकनाचुर बनेको छ । अर्को चरणमा पुग्नका लागि स्पोर्टिङले जित हासिल गर्नका साथै युभेन्टसले ओलम्पियाकोससँग पराजित हुनुपर्ने थियो ।

तर, इटालियन च्याम्पियनले ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै समूहको उपविजेता बनेर प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । 

यता, बार्सिलोनाले यसअघि अघिका दुई च्याम्पियन्स लिग खेल बराबरी गरेको थियो । मंगलबार रातीको खेलमा पनि हाफ टाइमसम्म गोलरहित अवस्था थियो ।

तर, दोस्रो हाफको ५९ औँ मिनेटमा पाको अल्कासेरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने इन्जुरी समयमा म्याथुजले आत्मघाती गोल गर्दै बार्सिलोनाको जीत सुनिश्चित गरे ।

हिजो खेलमा लियोनेल मेस्सी लगातार दोस्रो खेलमा बेन्चमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप