बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीसँग बायर्नको बदला, तैपनि दोस्रो स्थानमा सिमित

बुधबार, २० मङ्सिर २०७४, १० : ३०
बुधबार, २० मङ्सिर २०७४

म्युनिख । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनविरुद्ध पहिलो लेगमा बेहोरेको लज्जास्पद पराजयको बदला लिए पनि बायर्न म्युनिख समूह बी को दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको छ ।

पहिलो लेगमा बायर्न पीएसजीसँग ३–० ले पराजित भएको थियो ।

मंगलबार राती भएको खेलमा जर्मन क्लबले ३–१ ले पीएसजीलार्ई हराउँदै अंक बराबरी गरे पनि हेड टु हेडको आधारमा बायर्न दोस्रो स्थानमा सिमित बनेको हो ।
शीर्ष स्थानमा रहन बायर्नले पीएसजीलाई कम्तिमा ४ गोलको अन्तरले हराउनु पर्ने थियो ।

खेलमा बायर्नले आठौँ मिनेटमा नै रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले अग्रता लिएको थियो । त्यसपछि कोरेन्टिन टोलिसोले बायर्नको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको शुरुवातसँगै कायलिन एमबापेले पीएसजीका लागि एक गोल फर्काए पनि कोरेन्टिनले अर्को गोल थपेपछि बायर्नले सहज जित निकाल्यो ।

समूहको अर्को खेलमा एन्डरलेक्टसँग १–० ले पराजित भए पनि सेल्टिक तेस्रो स्थानमा रहँदै युरोपा लिगका लागि छनौट भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप