शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्पर्स लघुवित्तको तीन दिने तालिम सम्पन्न

बुधबार, २० मङ्सिर २०७४, १० : २०
बुधबार, २० मङ्सिर २०७४

स्पर्स लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि ३ दिने सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न गरेको छ । 

लघुवित्त कार्यक्रम संचालनसम्बन्धी समस्या निराकरण गर्ने, सफ्टवेयरको समस्यामा सहजिकरण गर्ने तथा त्रैमासिक लक्ष्य र प्रगती सम्बन्धमा समिक्षा गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले रातोपाटीलाई बताए  । 

तालिमको उद्घाटन गर्दै वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले भने,
-नेपालमा हाल ५३ वटा लघुवित्त संचालनमा रहेको, २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम गरेका छन् ।
-करिब १० वटा जति अन्तिम स्वीकृति पाउने पर्खाइमा रहेको तथा राष्ट्र बैंकले पुनः अरु ६० वटा लघुवित्तहरुलाई लाइसेन्स प्रक्रिया खोल्ने तयारी गरिरहेको छ ।
-हरेक क्षेत्रमा चुनौतीसँगै अवसर पनि जोडिएर आउने भएकाले होसीयारीपूर्वक चुनौतीको सामना गर्नुपर्छ ।

मंसिर १७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १५ जना शाखा प्रबन्धकका साथै वित्तीय संस्थाका संचालक समितिका पदाधिकारी, केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीको उपस्थिति थियो । 

वित्तीय संस्थाले अगामी पाँच वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखा मार्फत करिब १ लाख सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै करिब तीन अर्ब लगानी गर्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप