आफैँलाई भोट हाल्न नपाउने पाँच पार्टीका १२ शिर्ष नेता
'यी ठूला नेता जो आफैँलाई भोट हाल्न पाउँदैनन्' शिर्षकमा रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन् ।
केपी ओली र माधव नेपाल
एमाले अध्यक्ष केपी ओलीले आफैँलाई मत हाल्न नपाउने भएका छन् । उनी झापा ५ का उम्मेदवार हुन् । तर, ओलीको मतदाता नामावली भक्तपुर सूर्यविनायक नगरपालिका–२ मा छ ।
एमाले नेता माधव नेपाल काठमाडौं २ बाट उम्मेदवार बनेका छन् । तर, उनको मतदाता नामावली रौतहटमा छ । उनले गौर नगरपालिकाको रामजानकी केन्द्रबाट मतदान गर्दै आएका छन् ।
महरा, कार्की र सुवेदी
माओवादी नेता कृष्णबहादुर महरा, सुरेन्द्र कार्की र झक्कुप्रसाद सुवेदीले आफूलाई मत हाल्न पाउने छैनन् । महरा दाङ २ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनले यसअघि रोल्पाको लिवाङ नगरपालिका–१, तारा मावि केन्द्रबाट मत हाल्दै आएका थिए । यस्तै, कार्की झापा १ बाट उम्मेदवार छन् । उनी काठमाडौंका मतदाता हुन् । रोल्पामा मतदाता सूचीमा नाम रहेका सुवेदी काठमाडौं ६ बाट उम्मेदवार छन् ।
ठाकुर र महतोले आफैँलाई मत हाल्न पाउँदैनन्
राजपा अध्यक्षमण्डलका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले आफूलाई भोट दिन पाउने छैनन् । ठाकुर महोत्तरी–३ बाट उम्मेदवार छन् । उनको मतदाता सूची सर्लाहीको बलरा नगरपालिकामा छ । राजपाका अर्का नेता महतोको मतदाता सूची सर्लाही चन्द्रनगर नगरपालिका–२ मा छ । उनी धनुषा ३ मा उम्मेदवार बनेका छन् ।
आरजुदेखि मीनेन्द्र्रसम्म वञ्चित
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा कैलाली ५ बाट उम्मेदवार बनेकी छिन् । उनको मतदाता नामावली डडेल्धुरामा छ । कैलाली कांग्रेस सभापति नरनारायण शाहका अनुसार बुथमा घुम्नुपर्ने भएकाले देउवा मत हाल्न डडेल्धुरा जाने छैनन् ।
भक्तपुर २ का कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले स्थानीय निर्वाचनमा काठमाडौं २ बाट मत हालेका थिए ।
मोरङ–२ का कांग्रेस उम्मेदवार डा. मीनेन्द्र रिजालले पनि आफैँलाई भोट दिन पाउनेछैनन् । उनी विराटनगर महानगरपालिका–१ अर्थात् निर्वाचन ४ का मतदाता हुन् ।
मोरङ–५ का कांग्रेस उम्मेदवार अमृत अर्यालको मतदाता सूची क्षेत्र नम्बर ४ मा भएकाले उनले आफैँलाई मत दिन पाउने छैनन् ।
उपेन्द्रले पनि पाउँदैनन्
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि आफैँलाई भोट दिन पाउने छैनन् । उनी सप्तरी २ का उम्मेदवार हुन् । यादवको मतदाता सूची मोरङ विराटनगर महानगरपालिका–१४ जतुवामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान