नेपाल–पेरु उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल
काठमाण्डौ । नेपाल–पेरु उद्योग वाणिज्य संघको अध्यक्षमा उमङ्ग अग्रवाल चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ वार्षिक साधारणसभाले अग्रवालको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।
नेपालका लागी पेरुका राजदुत जोर्ज कास्टानेडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बार्षिक साधारणसभाले अध्यक्षमा अग्रवालसहित सदस्यहरुमा क्रमसः राकेशकुमार सरावत्री, गौरव अग्रवाल, कुमार खतिवडा, सञ्जयकुमार खेतान, निर्मलराज पौडेल, ललिता अग्रवाल, कुञ्ज विहारीमोर, कृष्ण धनावत, सन्दिप खेतान,सञ्जय अग्रवाल, मित्तल सोम गुरुङ्, दिनेश गोयल,अनिल अग्रवाल, संदिप गर्ग, राजेश तुल्स्यान र अतुल सरावजीलाई चयन गरेको छ ।
वार्षिक साधारणमा वोल्दै नेपालका लागी पेरुका राजदुत जोर्ज कास्टानेडाले नेपाल र पेरुवीचको दुई देशीय आर्थिक व्यावसायिक सम्वन्धलाई अझ प्रगाढ वनाउन नेपाल पेरु उधोग वाणिज्य संघले आगामी दिनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले संघ स्थापनापछि निर्वाह गरेको भुमिकाको खुलेर प्रसंसा गरे । हाल नेपालले जुट, यार्न, चिया, कार्पेट, कास्मिरी पस्मिना, मेडिकल प्लान्ट, छालाजन्य वस्तुहरुको निकासी गर्दै आइराखेकोले आगामी दिनमा निकासीलाई बढावा दिन आग्रह गरे ।
राजदुत जोर्जले पेरु विश्वको छैटौ ठूलो सुन उत्पादक मुलुक र चाँदी, कपुर, जिङ्ग र कफि उत्पादनमा समेत विश्वमा उत्कृष्ट देश भएकोले नेपालजस्तो मुलुकले धेरै फाइदा लिन सक्ने वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी