शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा दुई बम निष्क्रिय

मङ्गलबार, १३ असार २०७४, १२ : ००
मङ्गलबार, १३ असार २०७४

भीमदत्तनगर -निर्वाचनका बेला सन्त्रास फैलाउन कञ्चनपुरका दुई स्थानमा राखिएका बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ । 

अज्ञात समूहले कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउन बजार नजिक र पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वनहरामा बम राखेको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
कृष्णपुर वनहरामा रहेका सशस्त्र प्रहरी निरीक्षक केशवराज भण्डारीले दुवै बम राति राखिएको बताए । निर्वाचन बहिष्कार गर्दै हिँडेको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । नेकपाका कार्यकर्तामाथि सुरक्षा संयन्त्रले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै नेकपा केन्द्रीय सचिवालय सदस्य विष्णुप्रसाद उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप