बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नारायण गोपाल सम्मान राष्ट्रकवि घिमिरेलाई

मङ्गलबार, १९ मङ्सिर २०७४, १६ : ४९
मङ्गलबार, १९ मङ्सिर २०७४

काठमाडौं–यस वर्ष नारायणगोपाल स्मृति सम्मान राष्ट्रकवि माधव घिमिरेसहित १२ जनालाई प्रदान गरिएको छ । 

स्वर सम्राट नारायण गोपालको २७ औं स्मृति दिवसको अवसर पारेर मंगलबार राष्ट्रकवि घिमिरेसहित १२ जनालाई नारायणगोपाल स्मृति सम्मान प्रदान गरिएको हो । 

राष्ट्रकवि घिमिरेसहित वरिष्ठ संगीतकार एवम् गायक सिके रसाइली, वरिष्ठ गीतकारहरु रत्नशमशेर थापा, कालिप्रसाद रिजाल, किरण खरेल, चेतन कार्कीलगायतका सम्मानित भएका हुन् । 

नारायण गोपाल संगीत कोषले नगद २५ हजारसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले स्वरसम्राट नारायण गोपाललाई नेपालको गीत÷संगीतको क्षेत्रमा कुनै पनि उपमा आवश्यक नपर्ने बताए । उनले नारायण गोपाल आफ्नै सुरुतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको पनि स्मरण गरे । 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नारायण गोपालका कालजयी गीतहरु जति सुनेपनि नपुग्ने अनुभूति सुनाए । 

उनले  नारायण गोपाल संगीत कोषको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

नारायण गोपाल संगीत कोषले नेपाली गीत संगीतको क्षेत्रमा उच्च योगदान पुर्याउनेहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप