राहुल गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुने निश्चित
एजेन्सी– भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी दिने गान्धी मात्र एकजना भएका छन्। सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष रहेकी छन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लाग्नुभएको सञ्चारमाध्यामहरुले जनाएका छन्।
यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा रहेका छन् । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।
सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस